असारको दोस्रो साता गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल

पाेखरा | जेठ २८, २०८१

असारको दोस्रो साता गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल

पोखरा:   गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो । 

 

प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद  गण्डकीका सदस्य केशव पाठकले जानकारी दिए  ।

 

नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिब दुई वर्षपछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै पाठकले उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ८ जिल्लाको सहभागिता हुने बताए ।

 

करिब १४ लाख खर्च हुने प्रतियोगितामा विजेता टिमलाई नगद रु ५० हजार, उपविजेतालाई नगद रु ३० हजार र तेस्रो हुने टिमलाई नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

 

उक्त प्रतियोगितबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा खेलाडी छनौटसमेत गर्ने तयारी भइरहेको  पाठकले बताए ।

 

प्रतियोगिता असार ९ गते सम्पन्न हुनेछ ।

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

थप पढ्नुहोस्

पाेखरा ।  पाँच वर्षपछि पोखरामा आयोजना हुन लागेको खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ ।   प्रतियोगिताको तयारी करिब अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मे...

थप पढ्नुहोस्

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक 'ए' डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।   तस्...

थप पढ्नुहोस्