मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

देवकोटाले दिए फ्लोर क्रस गर्दै पाण्डेलाई मत

पाेखरा | जेठ २८, २०८१

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा:   गण्डकी प्रदेश प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । 

 

संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

 

कुल ५९ सांसदको उपस्थिति रहेको प्रदेशसभामा पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्याे भने विपक्षमा २८ मत परेको छ ।

 

पाण्डेलाई कांग्रेसको २७, राप्रपाको २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिए ।

 

यता विपक्षमा एमालेको २२ र माओवादीको ६ मत परेको थियो ।

 

फडिन्द्रले देवकोटाले फ्लोर क्रस गर्न खोजेपछि ‘ह्विप उल्लंघन गर्न पाइदैन’ भन्दै एमालेले प्रदेश सभामा नाराबाजी गरेका थिए ।

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्

काठमाडौ‌:  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।   राष्ट्रपति पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा...

थप पढ्नुहोस्