गण्डकी प्रदेशस्तरीय फुटबलमा कास्की च्याम्पियन

तनहुँका शन्तबहादुर सर्वोत्कृष्ट

पाेखरा | जेठ २८, २०८१

गण्डकी प्रदेशस्तरीय फुटबलमा कास्की च्याम्पियन

पोखरा:   गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ । 

 

पोखरा रंगशालामा आज (सोमबार) भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै कास्की च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेसँगै कास्कीले नगद रु २ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । 

 

यस्तै उपविजेता बनेको तनहुँले नगद रु १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

निर्धारित समय गोलरहित बराबरीमा सएिकपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।


प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडीका रुपमा तनहुँका शन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे ।

 

त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलरक्षक, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका भिषन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकमा कास्कीका सन्तोष केसी घोषित भए ।

 

उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा गण्डकीका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्