पोखरेली निर्देशक गुरुङले चलचित्र ‘पेन्सनपट्टा’ बनाउँदै

पाेखरा | जेठ २९, २०८१

पोखरेली निर्देशक गुरुङले चलचित्र ‘पेन्सनपट्टा’ बनाउँदै

पोखरा:   फिल्म ‘दयारानी’ निर्देशन गरेर चर्चामा आएका निर्देशक माओत्से गुरुङले अब नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । 

 

उनले नयाँ फिल्म ‘पेन्सनपट्टा’ को उनले निदेशन गर्ने भएका हुन् ।

 

फिल्ममा कथा पनि उनको नै छ । यो फिल्मको छायांकन दशैं अगाडि नै गर्ने तयारी उनको छ ।  यो फिल्मका लागि कुनै पनि कलाकार तय नगरिएको निर्माणपक्षले बताएको छ ।

 

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा डीबी गुरुङ र माओत्से गुरुङको लगानी रहनेछ । एउटा लोभी युवक कसरी दानी बन्छ भन्ने कथामा यो फिल्म निर्माण हुन लागेको हो । 
 

माओत्सेको माग अभिनयमा पनि निकै छ । अधिकांश हिट फिल्ममा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

पोखरा:  शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

थप पढ्नुहोस्

पोखरा:  पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ ।  प्रत...

थप पढ्नुहोस्

पोखरा:  कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् ।  थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

थप पढ्नुहोस्