नेपाल र श्रीलंकाबीचको खेल रद्द
काठमाडाैं | जेठ ३०, २०८१
काठमाडौं: आइसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १/१ अंक बाँडे ।
फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७ः३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन ।
नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ । अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना रहनेछ ।
यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २/२ अंक छ ।
नेपालले अब शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशको सामना गर्नेछ ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

