गण्डकीको नीति तथा कार्यक्रम: बाँदर आतंक रोक्न हेरालोको व्यवस्था गर्ने
पाेखरा | जेठ ३०, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रदेशसभाको छैटौं अधिवेशनको आठौं बैठकमा प्रदेशसरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गरिनेछ ।’
यस्तै ‘एक वडा एक उत्पादन’ कार्यक्रमलाई प्रोत्साहन गरिनेछ । किसानको उत्पादनलाई संकलन एवम् बजारीकरण गर्न स्थानीय तहको सहकार्यमा कृषि उपज संकलन केन्द्रको निर्माण र प्रत्येक निर्वाचन क्षेत्रमा कृषि सडक बिस्तारको कार्यलाई प्राथमिकता दिइनेछ ।
यो पनि पढ्नुहोस
पर्यटनको राजधानी पोखरालाई प्रवर्धन गर्न ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम चलाइने भएको छ । सरकारले पर्यटन राजधानीको अवधारणालाई साकार पार्न नीतिगत सुधार र पर्यटनमैत्री वातावरण निर्माण गर्न पहल गर्ने भएको छ ।
आगामी वर्ष बाटो नपुगेका ठाउँमा कृषि उपज र कृषि सामग्री ओसारपसारका लागि ग्राभिटी रोपवे सञ्चालन गर्ने सरकारको योजना छ । ‘एक निर्वाचन क्षेत्र, एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म’ सञ्चालन गरी त्यसमार्फत सामूहिक एकीकृत कृषि विकास कार्यक्रम गर्न लक्ष्य लिइएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...
पोखरा: लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । फाउण्डेशनका संस्थापक गुर...


