यु–१५ विद्यालय खेलकुद प्रतियोगिता: मापसे गरेका बास्केटबल संयोजकलाई मैदान प्रवेशमा रोक

पाेखरा | जेठ ३०, २०८१

यु–१५ विद्यालय खेलकुद प्रतियोगिता: मापसे गरेका बास्केटबल संयोजकलाई मैदान प्रवेशमा रोक

पोखरा:   पोखरा रङ्गशालामा आज (बुधबार) बाट सुरु भएको यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा  मापसे (मादक पदार्थ सेवन) गरेर कोर्टमा पुगेपछि बास्केटबल खेलका संयोजकलाई  मैदान प्रवेशमा रोक लगाएको छ ।
 

मापेस गरेको प्रमाणित भएसँगै नेपाल बास्केटबल संघका कार्यालय सचिव तथा बास्केटबल खेल संयोजक रमेश खड्कालाई उनलाई बाहिर पठाइएको हो ।

 

खड्काले पोखरा रंगशालास्थित कोर्टमा बास्केटबल संघ गण्डकीको बोर्ड हटाउनु पर्छ भन्दै निहुँ खोजेपछि प्रदेश र संघका प्रतिनिधिहरुबबी केही समय विवाद भएको थियो ।

 

त्यही विवादकै कारण बिहान ७ बजे हुने भनिएको खेल करिब साढे ३ घण्टा पछि धकलिएको थियो ।

 

प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेलमा छात्र र छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।

 

उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि भिड्नेछन् ।
 

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्

नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।   गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

थप पढ्नुहोस्