अधिकारकर्मीहरु भन्छन्: दलितमाथि विभेदसँगै हिंसा हुन थाल्यो
काठमाडाैं | जेठ ३०, २०८१
रेम बिक
काठमाडौं: दलितमाथि पछिल्लो समय विभेदभन्दा पनि हिंसा हुन थालेको दलित अधिकारकर्मीहरुले टिप्पणी गरेका छन् ।
कुनैबेला छोईछिटो गर्नेसम्मको मात्रै विभेद गर्ने समाजले पछिल्लो समय दलितलाई मार्ने सम्मको क्रियाकलाप गर्न थालेकोप्रति उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
दलितका लागि दलित अभियान नेपालले दैलेखमा गरेको विशेष जागरण सभामा अधिकारकर्मीहरुले दलितहरुले आफ्नो न्यायको लडाँई एकताबद्ध भएर लड्नुपर्ने बेला आएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिस्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताए ।
उनले दलितको समस्या पुरै देशको समस्या भएकोले दलितसँगै गैरदलितहरुले पनि यो मुद्दालाई उत्तिकै संवेदनशील हिसाबले लिनुपर्नेमा जोड दिए ।
त्यस्तै कर्णाली प्रदेश सभा सदस्य उर्मिला बिस्वकर्माले दलित आन्दोलनको लागि आफू सबै त्यागेर लाग्न तयार रहेको बताईन् ।
दलित समुदायको न्याय र मुक्तिका लागि पार्टी भन्दा माथी उठेर लाग्नुपर्ने परिस्थिति बनेको ठहर गर्दै परिस्थिती आएको खण्डमा सबै दलितहरुले पार्टी राजनीति त्यागेर दलित आन्दोलनमा होमिनुपर्ने उनको जोड थियो । साथै कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी विश्वकर्माले कर्मचारीतन्त्र हावी हुँदा दलितमैत्री कानुन निर्माणमा पनि समस्या आएको बताईन् ।
कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले दलितहरु पार्टी कार्यकर्ता र नेताभन्दा माथि उठेर समुदायको लागि लड्नुपर्ने बेला आएको बताए ।
उनले आफ्नो लागि आफैंले लडाईं नलड्दा सम्म दलित समुदायले मुक्ति पाउन नकस्ने ठहर गर्दै हालसम्म भएका राजनीतिक आन्दोलन र युद्धहरुले दलितलाई मुक्ति दिने नाममा उपयोग मात्रै गरेको बताए । उनले दलित समुदायलाई एक ठाऊँमा आएर आफ्नो न्यायको लागि आवाज उठाउन आह्वान समेत गरेका थिए ।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेद विरुद्ध गित गाएकी थिईन् ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

