यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: बुद्धिचाल जारी
पाेखरा | जेठ ३१, २०८१
तस्बिर: योगेन्द्र श्रेष्ठ
पोखरा: पोखरामा जारी यू – १५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता–२०८० अन्र्तगत बुद्धिचालका विभिन्न चरणका खेलहरु सम्पन्न भएका छन् ।
पोखरामा जारी बुद्धिचाल प्रतियोगिताको छात्रा तर्फको पहिलो चरणको खेलमा बाग्मती विजयी भएको छ । बाग्मतीले कोशीलाई ३ अंकले जितेको हो ।
छात्रातर्फकै अर्को खेलमा लुम्बिनीले जित्यो । लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंक ल्याई विजयी भएको हो । त्यस्तै गण्डकी प्रदेश र सुदुरपश्चिम बिच भएको खेलमा सुदुरपश्चिमले सोझो सेटमा जित निकाल्दै विजयी हासिल गरेको हो ।
पहिलो सेटमा कर्णालीले बाइ पाएको थियो ।
हिजो नै सम्पन्न भएको छात्रातर्फको दोस्रो चरणको खेलमा गण्डकी,लुम्बिनी र बाग्मती विजयी भयो । सुदुरपश्चिम प्रदेशले बाइ पाएको थियो ।
यो पनि पढ्नुहोस
बुधबार नै भएको छात्रातर्फको तेश्रो राउण्डमा लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेश विजयी भए । बाग्मती प्रदेशले बाइ पायो ।
यस्तै बुधबारनै सम्पन्न भएको छात्रतर्फ खेलमा बाग्मती प्रदेश विजयी भएको छ । बाग्मतीले कोशी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । अर्को खेलमा लुम्बिनी प्रदेशले जित हाँसिल गर्यो ।
लुम्बिनीले मधेश प्रदेशलाई सोझो सेटमा ४ अंकले पराजित गर्दै विजयी भएको हो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिम विजयी भयो । उसले गण्डकी प्रदेशलाई ३ अंकले पराजित गर्दै विजयी भएको हो । उक्त राउण्डमा कर्णालीले बाइ पायो ।
बुधबार नै सम्पन्न भएको दोश्रो चरणको खेलमा गण्डकी, लुम्बिनी, बाग्मती विजयी भयो । उक्त राउण्डमा मधेश प्रदेशले बाइ पायो ।
तेश्रो राउण्डमा लुम्बिनी प्रदेश विजयी भयो । उसले कर्णाली प्रदेशलाई ३ अंकले पराजित गर्दै जित हाँसिल गरेको हो । गण्डकी प्रदेशलाई कोशी प्रदेशले ३ अंकले पराजित गर्दै विजयी भयो । त्यस्तै अर्को खेलमा सुदुरपश्चिमले सोझो सेटमा मधेश प्रदेशलाई पराजित गर्यो । बाग्मती प्रदेशले बाई पायो ।
आज प्रतियोगिता अन्र्तगतको बुद्धिचालमा तीन चरणका खेलहरु जारी रहेका छन् ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...




