पोखरा १५ मा फुटसल प्रतियोगिता सुरु
पाेखरा | जेठ ३१, २०८१
पोखरा: पोखरा महानगरपालिका १५ मा दिव्यज्योति क्लबको आयोजनामा आज (बिहीबार) देखि पहिलो संस्करणको फुटसल प्रतियोगिता सुरु भएको छ ।
पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजित प्रतियोगिता न्यू एयरपोर्ट फुटसल खेल मैदानमा आजदेखि सुरु भएको सह–संयोजक शैलेश गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।
कुल २१ टिमको सहभागिता रहेको प्रतियोगिताको दोस्रो चरणका खेल अन्तरगत रेन्बो एकेडेमीलाई फुटसल भाइब्सले ३–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै अर्काे खेलमा एमएम एफसीले बेलबोट एफसीलाई ६–१ गोल अन्तरले सहजै पराजित गर्याे । ब्रदरहुड एफसीलाई टुटुङ्गा एफसीले पेनाल्टी सुटआउटमा हराउँदै टुटुङ्गा विजयी बन्यो ।
अब बाँकी खेलसहित फाइनल खेल शुक्रबार सम्पन्न हुने सहसंयोजक गुरुङ जानकारी दिए ।
उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गरे सो अवसरमा बोल्दै वडाध्यक्ष बाँनियाले खेलकुदले सबैलाई एकताको सुत्रमा बाध्ने उल्लेख गरे ।
उनले स्थानीय स्तरमा सञ्चालन हुने प्रतियोगिताले नयाँ खेलाडीको उत्पादनमा सघाउ पुर्याउने धारणा राखेका थिए ।
पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजताले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

