तनहुँको मानपुर र नवलपुरको बुलिङटार जोड्ने सडकमा धमाधम कालोपत्र
पाेखरा | जेठ ३२, २०८१
सांकेतिक तस्बिर
पाेखरा: तनहुँको घिरिङ गाँउपालिका ४ मानपुरदेखि नवलपुरको डेडगाँउ जोडने सडकको कालोपत्र (अल्फास्ट) धामधम भएको छ ।
गण्डकी प्रदेशको गौरव आयोजना अन्तरगत रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको कालोपत्रेको काम तिब्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय पोखराले जनाएको छ ।
उक्त सडकखण्डको निर्माण हेटौंडाको सपना निर्माण सेवाले गरिरहेको छ ।
कुल ११ किलोमिटर रहेको सडकको हालसम्म ९० प्रतिशत भागमा कालोपत्र भइसकेको छ भने बाँकी १० प्रतिशतका लागि अल्फास्ट पिच गर्ने तयारी भइरहेको छ ।
११ किलो मिटर कालोपत्रेको लागि विनियोजित बजेटमा १० किलोमिटर सडक कालोपत्रे पुरा भएको छ ।
सो सडकखण्ड नवलपुरको त्रिवेणी नाका र मुस्ताङको कोरला नाका जोड्ने सडकखण्ड अन्तरगत पर्छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

