तनहुँको मानपुर र नवलपुरको बुलिङटार जोड्ने सडकमा धमाधम कालोपत्र

पाेखरा | जेठ ३२, २०८१

तनहुँको मानपुर र नवलपुरको बुलिङटार जोड्ने सडकमा धमाधम कालोपत्र सांकेतिक तस्बिर

पाेखरा:  तनहुँको घिरिङ गाँउपालिका ४ मानपुरदेखि नवलपुरको डेडगाँउ जोडने सडकको कालोपत्र (अल्फास्ट) धामधम भएको छ ।

 

गण्डकी प्रदेशको गौरव आयोजना अन्तरगत रहेको मानपुर–डेडगाउँ–बुलिङटार जोड्ने सडकखण्डको कालोपत्रेको काम तिब्र रुपमा भइरहेको पूर्वाधार विकास कार्यालय पोखराले जनाएको छ ।

 

उक्त सडकखण्डको निर्माण हेटौंडाको सपना निर्माण सेवाले गरिरहेको छ ।

 

कुल ११ किलोमिटर रहेको सडकको हालसम्म ९० प्रतिशत भागमा कालोपत्र भइसकेको छ भने बाँकी १० प्रतिशतका लागि अल्फास्ट पिच गर्ने तयारी भइरहेको छ ।

 

११ किलो मिटर कालोपत्रेको लागि विनियोजित बजेटमा १० किलोमिटर सडक कालोपत्रे पुरा भएको छ । 

 

सो सडकखण्ड नवलपुरको त्रिवेणी नाका र मुस्ताङको कोरला नाका जोड्ने सडकखण्ड अन्तरगत पर्छ ।


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्