चीनको ड्रागन बोट रेसमा काठको डुंगामा तालिम गरेको नेपाल 'च्याम्पियन'

नेपाललाई डबल स्वर्ण

पाेखरा | जेठ ३२, २०८१

चीनको ड्रागन बोट रेसमा काठको डुंगामा तालिम गरेको नेपाल 'च्याम्पियन'

पोखरा:   पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्दैै ड्रागन बोट रेस खेल्न चीन पुगेको नेपाली टोलीले डबल स्वर्ण जित्दै च्याम्पियन बनेको छ ।

 

चीनको तिब्बतमा गत २८ गते (जुन १० तारिख) भएको दुइवटा इभेन्टमै नेपालले स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।

 

पोखराको प्रतिनिधित्व गरेको १५ सदस्यीय टोलीले शिल्ड, स्वर्ण पदक, प्रमाणपत्रसहित कुल नेपाली रु ६ लाख ३० हजार प्राप्त गरेको हेड कोच निम बहादुर मगरले जानकारी दिए ।

 

 

उनका अनुसार सय मिटर र २ सय मिटरमा भएको प्रतिस्पर्धामा चीन, सिंगापुर लगायत देशका ८ टिमलाई पछि पार्दै नेपाल च्याम्पियन बन्यो । 

 

सय मिटर र २ सय मिटरमा च्याम्पियन बनेको नेपालले चिनियाँ नगद ३५ हजार आरएनबी जितेको थियो ।

 

१५ सदस्यीय खेलाडी टोलीसहित पोखरा महानगरपालिकाबाट कुल २९ जना ड्रागन बोट रेसका लागि चीन गएका थिए ।

 

प्रशिक्षणका लागि समयमै ड्रागन बोट पाएका थिएनन् खेलाडी

 

जल खेल (र्याफ्टिङ, कायाकिङ) को नेपालको राष्ट्रिय कोचसमेत रहेका निमबहादुर मगरले समयमै प्रशिक्षणका लागि ड्रागन बोट पोखरा महानगरले उपलब्ध नगराएपनि डबल स्वर्ण जित्दा खुशी लागेको सुनाए ।

 

उनले नेपालमै पहिलोपटक पोखरामा भएको ड्रागन बोट रेसमा आफुहरु च्याम्पियन बन्न नसकेपनि चीनमै गएर स्वर्ण जित्नुले खेलाडीको हौसला बढेको बताए ।

 

‘तालिमका लागि हामीलाई समयमै ड्रागन बोट उपलब्ध भएन । तालपारी पुगेर २४ फुटे काठको डुंगा खोजेर ट्रेनिङ गर्याै । तैपनि चीनमा पुगेर डबल स्वर्ण जितेका छौं, उनले भने, ‘यो जितले खेलाडीको मनोबल बढेको छ र थप हौसला त मिलेको छ । अझ महानगरकै लागि खेल्ने भएपछि त्यही अनुसारको प्रबन्ध मिलाउनुपर्ने थियो । तालिमका लागि त्यो भएन आगामी दिनमा त्यसतर्फ ध्यान दिनुपर्छ ।’

 

प्रशिक्षक मगरले काठको डुंगा र ड्रागन बोटमा धेरै नै फरक हुने बताए ।

 

‘खेल्नुपर्ने कार्वनको प्याडलसहितको ड्रागन बोट छ । हाम्रो तालिम काठको बहना र काठकै डुंगा, अनि रिदम, पेस्ट कहाँ मिल्छ त ? तैपनि हाम्रो केटाहरुले तानेरै जिताए । त्यसमा म खुशी छु ।’ उनले भने ।

 

फेवातालमा करिब ३ साता प्रशिक्षण गरेको उक्त टोलीलाई पोखरा महानगरले अन्तिम समयमा मात्रै ‘ड्रागन बोट’ दिलाएको थियो ।

 


 

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्