दक्षिण अफ्रिकासँग १ रनले पराजित नेपाल विश्वकपबाट बाहिरियो
काठमाडाैं | असार १, २०८१
काठमाडौं: दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ ।
दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो ।
अन्तिम दुई ओभरमा नेपाललाई जितक लागि १६ रन चाहिएको थियो । १९औं ओभरको दोस्रो बलमा एनरिक नोर्टजेले कुशल मल्ललाई १ रनमा बोल्ड गराए । पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गरे । अन्तिम बलमा उनले दुई रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रनको आवश्यकता रह्यो ।
अन्तिम ओभरको पहिलो दोस्रो बलमा बार्टमनले गुलशनलाई डट बल गरे । तेस्रो बलमा गुलशनले चौका प्रहार गरे । चौथो बलमा उनले दुई रन लिए । पाँचौं बल भने डट बल रह्यो ।
अन्तिम बलमा जितका लागि २ रन चाहिएकोमा गुलशनले कुनै शट खेल्न सकेनन् । बाईमा रन लिने क्रममा उनी रन आउट भए र नेपाल पराजित हुन पुग्यो ।
नेपालका दुवै ओपनरले राम्रो सुरुवात दिलाएका थिए । तर तब्रेज शम्शीको आठौ ओभरमा नेपालले दुई महत्वपूर्ण विकेट गुमाउन पुगेको थियो । सो ओभरको दोस्रो बलमा रिभर्स स्विप खेल्ने क्रमममा कुशल भुर्तेल बोल्ड भए । उनले २१ बलमा १३ रन बनाए । चौथो बलमा शम्शीले कप्तान रोहित पौडेललाई शून्यमा बोल्ड नै गराए ।
चौथो विकेटका लागि भने ओपनर आशिफ शेख र अनिल साह मिलेर ५० रनको साझेदारी गरेका थिए । सो साझेदारी १४औं ओभरमा दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रमले तोडे । तेस्रो विकेटका रुपमा अनिल २४ बलम ३ चौका र १ छक्का सहित २७ रन बनाएर क्याच आउट भएका थिए ।
दक्षिण अफ्रिकाका लागि शम्शीले ४ ओभरमा १९ रन मात्र दिएर ४ विकेट लिए । मार्क्रमले २ ओभरमा ८ रन दिएर १ विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टको किंग्सटाउनमा उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनाएकाे थियाे ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

