दक्षिण अफ्रिकासँग १ रनले पराजित नेपाल विश्वकपबाट बाहिरियो
काठमाडाैं | असार १, २०८१

काठमाडौं: दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ ।
दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो ।
अन्तिम दुई ओभरमा नेपाललाई जितक लागि १६ रन चाहिएको थियो । १९औं ओभरको दोस्रो बलमा एनरिक नोर्टजेले कुशल मल्ललाई १ रनमा बोल्ड गराए । पाँचौं बलमा सोमपाल कामीले छक्का प्रहार गरे । अन्तिम बलमा उनले दुई रन प्रहार गरेपछि अन्तिम ओभरमा ८ रनको आवश्यकता रह्यो ।
अन्तिम ओभरको पहिलो दोस्रो बलमा बार्टमनले गुलशनलाई डट बल गरे । तेस्रो बलमा गुलशनले चौका प्रहार गरे । चौथो बलमा उनले दुई रन लिए । पाँचौं बल भने डट बल रह्यो ।
अन्तिम बलमा जितका लागि २ रन चाहिएकोमा गुलशनले कुनै शट खेल्न सकेनन् । बाईमा रन लिने क्रममा उनी रन आउट भए र नेपाल पराजित हुन पुग्यो ।
नेपालका दुवै ओपनरले राम्रो सुरुवात दिलाएका थिए । तर तब्रेज शम्शीको आठौ ओभरमा नेपालले दुई महत्वपूर्ण विकेट गुमाउन पुगेको थियो । सो ओभरको दोस्रो बलमा रिभर्स स्विप खेल्ने क्रमममा कुशल भुर्तेल बोल्ड भए । उनले २१ बलमा १३ रन बनाए । चौथो बलमा शम्शीले कप्तान रोहित पौडेललाई शून्यमा बोल्ड नै गराए ।
चौथो विकेटका लागि भने ओपनर आशिफ शेख र अनिल साह मिलेर ५० रनको साझेदारी गरेका थिए । सो साझेदारी १४औं ओभरमा दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रमले तोडे । तेस्रो विकेटका रुपमा अनिल २४ बलम ३ चौका र १ छक्का सहित २७ रन बनाएर क्याच आउट भएका थिए ।
दक्षिण अफ्रिकाका लागि शम्शीले ४ ओभरमा १९ रन मात्र दिएर ४ विकेट लिए । मार्क्रमले २ ओभरमा ८ रन दिएर १ विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टको किंग्सटाउनमा उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनाएकाे थियाे ।
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...