‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न

पाेखरा | असार १, २०८१

‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न

पोखरा:   ‘खेल्छ गण्डकी’ कार्यक्रम अन्तर्गत टेनिस प्रशिक्षण सम्पन्न भएको छ ।

 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश टेनिस संघको ब्यवस्थापन तथा कास्की टेनिसको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

 

‘सबैका लागि, संधैका लागि टेनिस’ भन्ने मुख्य ध्येयका साथ सम्पन्न उक्त प्रशिक्षणमा सहभागि बालबालिका लाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले सबै उमेर समुहमा खेलकुद अघि बढाउन ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रभावकारी रहेको बताए ।

 

लामो अध्ययन र निष्कर्षका साथ अघि बढाइएको यो कार्यक्रमले गण्डकी प्रदेशको खेलकुदको जगलाई बलियो बनाउन र यूवा खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने जनाउँदै टेनिसको प्रशिक्षण कार्यक्रमले गण्डकीको टेनिसको जग बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थले परिषदले टेनिस विकासका लागि गरेको सहयोगका लागि अभार व्यक्त गर्दै प्रशिक्षणमा सहभागि मध्येबाट नै भावी राष्ट्रिय खेलाडी उत्पादन हुने बताए । उनले भने–“परिषदले महत्वपूर्ण कार्यक्रमका लागि सहयोग गरेको छ । हामी खेलाडी उत्पादनमा गरेको प्रयासका लागि गरेको सहयोग प्रति धन्यबाद दिन चाहन्छु ।”

 

समापन कार्यक्रममा प्रदेश खेलकुदका सदस्य केशव पाठक, कास्की टेनिसका सचिव नविन श्रेष्ठ, प्रदेश टेनिस संघका उपाध्यक्ष द्वय लोक बहादुर गुरुङ, विष्णु केसीलगायतको सहभागिता रहेको थियो ।

 

६५ दिन सम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । 

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...

थप पढ्नुहोस्