राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं: पूर्व मुख्यमन्त्री अधिकारी
पाेखरा | असार २, २०८१
पोखरा: नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ ।
शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो ।
त्यसको लागि पब्लिक प्राइभेट पार्टनरसिप (पिपीपी) मोडल मार्फत जनतालाई समेत उद्योगको शेयर दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ ।
विगतका गुणगान मात्र नगाएर सुन्दर भविष्य निर्माण गर्न विना अन्यौल अगाडि बढ्नुपर्ने बताउनुभयो ।
‘अब हामी विगतका गुणगान गाएर समय बर्बाद गर्न सक्दैनौं, जे भयो धन्यवाद नै छ, हामी वर्तमानमा उभिन्छौ र भविष्य बनाउन विना अन्योल जानुपर्नेछ’ उहाँले थप्नुभयो ।
नेपाली मोडलको समाजवादको अर्थतन्त्र कस्तो हुने भन्नेमा छलफल चलाउनुपर्ने भन्दै बुद्धिजीवीलाई त्यसको अगुवाई गर्न आग्रह गर्नुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

