गण्डकीका फेन्सिङ खेलाडीलाई विदाई
पाेखरा | असार ३, २०८१
पोखरा: राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग लिन जान लागेको गण्डकी प्रदेशको टिमलाई आइतबार विहान पोखरा रंगशालाबाट शुभकामना दिदैं विदाई गरेका छन् ।
उनले खेलाडिहरुलाई स्वर्ण पदक ल्याउन कोशिष गर्न आग्रह गर्दै अनुशासनलाई पहिलो प्राथमिकता दिदैं हौसला स्वरुम प्रतियोगिताबाट घर फर्किने समयमा मनकामना मन्दिर दर्शनको लागि केबलकारको टिकट आफुले उपलब्ध गराउने बताए ।
यही असार ३ गतेदेखि ५ गतेसम्म काठमाडौंको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने उक्त प्रतियोतिमा गण्डकी प्रदेशसहित कोशी, वाग्मती, सुदुरपश्चिम गरी ४ प्रदेश र नेपाल आर्मी र सशस्त्र प्रहरीको विभागिय टिम गरी जम्मा ६ समुहकाबीच प्रतिस्पर्धा हुने छ ।
महिला र पुरुष, सिंगल र समुहमा फोयल, स्यावल र एपे गरी ३ विधामा १२ स्वर्ण पदकको लागि हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट १० महिला र १२ पुरुष खेलाडि सहभागि भएका मुख्य प्रशिक्षक सन्दिप वरालले वताए ।
खेलाडीको साथमा गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाही र कार्यसमिति सदय शिव शर्मा तथा कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष अमृत पोखरेलको सहभागिता रहेको छ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

