आजदेखि पोखरामा स्काउटको एड्भेन्चर फेस्ट
पाेखरा | असार ५, २०८१
पोखरा: नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा आजदेखि दोश्रो एड्भेन्चर फेस्ट ( असार ५ गते पोखराको शान्तिबन बाटिकामा शुरु हुँदै छ।
उक्त एड्भेन्चर फेस्टमा २५ वटा विभिन्न साहसिक क्रियाकलाप का साथ कार्यक्रम सन्चालन हुनेछ।
कार्यक्रममा बालबालिका तथा युवाहरुलाई शारीरिक, मानसिक रुपले प्रयोगात्मक सीपसहित विभिन्न विपद्का घडीहरुमा उद्दार कार्यमा डर र होस गुमाउनु हुदैन भन्ने ध्ययेका साथ उद्दारमा सक्षम बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको नेपाल स्काउट गण्डकी प्रदेशका प्रदेस प्रमुख आयुक्त सागर पौडेलले जानकारी दिए ।
उनका अनुसार सो कार्यक्रममा गण्डकी प्रदेश भरी स्काउटबाट तिन हजार विद्यार्थीहरु र अन्य विध्यार्थीहरु गरि ५ हजार देखि ७ हजार विध्यार्थीहरु सहभागिता हुनेछन् ।
कार्यक्रममा ओमेगा जम्प, सुपरम्यान जम्प, रिभर क्रसिङ, टायर जम्पिङ, रक क्लाइम्बिङ, मङ्की बृज, प्यारा जम्प, नेट क्रसिङ, हर्ष राईडिङ, टार्जन जम्प, आर्चरी लगायतका विभिन्न २५ वटा साहसिक कृयाकलापहरु सन्चालन हुदैंछन् ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

