गण्डकी प्रदेशस्तरीय महिला टि–२० मा चार जिल्ला भिड्ने
पाेखरा | असार ६, २०८१
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेटमा चार टिमको सहभागिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको ब्यवस्थापनमा उक्त प्रतियोगिता यहि असार ७ गते सुरु हुने प्रतियोगितामा चार टिमले सहभागिता जनाएका हुन् ।
प्रतियोगिताका कास्की, पर्वत, नवलपुर र स्याङजाको सहभागिता हुने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा असार १० गते सम्म सञ्चालन हुने प्रतियोगिता राउण्डरोविनको आधारमा सञ्चालन हुने छ ।
पहिलो दिन कास्की र पर्वत तथा स्याङजा र नवलपुरका बीच हुनेछ भने दोस्रो दिन असार ८ गते स्याङजा र पर्वत तथा दोस्रो खेलमा कास्कीले नवलपुरको सामना गर्नेछ ।
त्यसै गरी असार ९ गते पर्वत र नवलपुर तथा दोस्रो खेल कास्की र स्याङजाका बीच हुनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

