गण्डकी प्रदेशस्तरीय महिला–पुरुष ह्यान्डबल सुरु, महिलातर्फ बागलुङ सेमिफाइनलमा प्रवेश
पाेखरा | असार ७, २०८१
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा ह्यान्डबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ सात खेल सम्पन्न हुँदा महिलातर्फ लिगचरणका खेल सम्पन्न भएका छन् । महिलातर्फ लिगचरण सकिएसँगै पर्वत र नवलपुर बाहिरिएको छ ।
महिलातर्फको पहिलो खेलमा बागलुङले म्याग्दीमाथि ६–१ को विजयी हासिल गरेको छ । कास्कीले नवलपुरलाई १०–० गोलले पाखा लगायो । म्याग्दीले पर्वतलाई ८–०, स्याङजाले नवलपुरलाई ६–५, बागलुङले पर्वतलाई १२–० र कास्कीले स्याङजालाई ९–१ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
पुरुषतर्फ भएको पहिलो खेलमा कास्कीले गोर्खामाथि १७–१ को जित दर्ता गरेको छ । तनहुँले म्याग्दीलाइृ १८–७, स्याङजाले पर्वतलाई १४–९, बागलुङले नवलपुरलाई १७–४, म्याग्दीले गार्खालाई २४–३, कास्कीले तनहुँलाई २६–२१ र स्याङजाले नवलपुरलाई २०–४ गोलअन्तरले हराउन सफल भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकी प्रदेश खेलकुदको विकासमा अघि रहेको बताए । उनले खेलाडी उत्पादनका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता देखी ग्रासरुट सम्मका खेल सञ्चालन गरिराखेको सुनाए । सोही क्रममा प्रतियोगिताको बारेमा जानकारी दिदैँ ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरुङले पोखरा रंगशालाको कभर्ड हल र ह्यान्डकल कोर्टमा प्रतियोगिता सञ्चालन भएको बताए ।
पुरुषतर्फको समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् ।
प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने भएका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले जनाएका छन् । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, गण्डकी प्रदेश ह्यान्डबल संघका उपाध्यक्ष शान्ती थापा, सदस्य शान्ता सिंह बस्नेत लगायतको समेत सहभागिता रहेको थियो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

