बाढीले चचरीको पुल भत्काइदिएपछि आवत-जावतमा समस्या

सप्तरी | असार २२, २०७९

बाढीले चचरीको पुल भत्काइदिएपछि आवत-जावतमा समस्या सांकेतिक तस्बिर


सप्तरी:    तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अभैm बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न  जान स्थानीयवासीलाई समस्या भएको हो । 

    

अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन् । स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरु मिलेर सहज आवतजावत गर्नका लागि उक्त खोलामा बाँस तेस्र्याएर अस्थायी पुल निर्माण गरिएको थियो ।

 

सो पुल  तीन वर्षअगाडि आएको भीषण बाढीले बगाएर लागेपछि अहिले मानिसलाई बाढी आएको बेला पनि कुनौली बजार जान पनि समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । 

    

तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित राजविराज भन्सार कार्यालय अगाडि रहेको खाडो खोलामा बाँसको फड्के बनाएर पुनः आवागमनको व्यवस्था मिलाउने प्रयास गरिए पनि केही दिन अगाडि लगातर परेको वर्षाले गर्दा बनाउन नसकिएको स्थानीय सुरेश यादवले बताउनुभयो । 

    

तिलाठी कोइलाडी गाउँपालिकाका निर्वतमान अध्यक्ष शतिशकुमार सिंहले आफ्नो कार्यकालमा नै उक्त स्थानमा नेपाल–भारत मैत्री पुल बनाउने अथक प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले माथिको आदेश चाहियो भन्दै अवरोध पु¥याएपछि काम अघि बढ्न गुनासो गर्नुभयो । दसगज्जा क्षेत्रमा रहेको उक्त खोलाबाट वर्षायाममा महुली, जिता, खाँडो, त्रियुगा, भलुवाही लगायतका नदी र खोलाको पानी बग्ने गरेको र पुल नहुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परिरहेको स्थानीय रामचन्द्र झाले बताउनुभयो ।  

  

 सुख्खायाममा जसोतसो आवागमन हुने गरेको भए पनि वर्षायाममा जोखिम मोलेर स्थानीयहरु आवतजावत गर्न बाध्य छन् । नेपालको दक्षिणी सीमामा पर्ने कुनौली बजारमा त्यस भेगका जनता किनमेल, शिक्षा, उपचार, तीर्थयात्रा लगायतका विभिन्न कामका सिलसिलामा आवतजावत गर्न यही बाटो प्रयोग गर्ने गरेका छन् । तर पुल नहुँदा वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको राजविराज नगरपालिका–३ का विन्दु चौधरीले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “हामी राजविराजबाट किनमेल गर्न कुनोली बजार विगत २५ वर्षदेखि जाने गरेका छौँ तर अहिले उक्त बजार जानका लागि खोलामा पुल नहँुदा वर्षाको समयमा नदी तर्न झन् समस्या हुने गरेको छ । ”

 

   विवाह, व्रतबन्ध, भोजभतेरका लागि कुनोली बजारबाट नै सरसमानहरु ल्याउन यहाँको मनिसहरु जाने भएकाले पक्की पुल नभएका कारण उक्त बजारमा पहिलाको तुलनामा अहिले मानिसहरुको भीडभाडमा कमी आएको व्यापारीहरु बताउँछन ।  कुनोली बजारमा पसल सञ्चालन गरेका रमन दासले  विगत ३ वर्षदेखि व्यापारमा केही ह्रास आएको बताउनुभयो । 
    यो बजारमा अधिकांश नेपालीहरु नै किनमेल गर्नका लागि आउने गरेका हुनाले अहिले खोलमा पुल नबनेका कारण यहाँका व्यापारीहरु निरास देखिएको उहाँको भनाइ छ ।  भारतीय बजारमा किनमेल गर्न सामानहरुमा केही सस्तो पाउने भएकाले अधिकांश मानिसहरु त्यही जान रुचाएका हुनाले नदी पार गर्न कुनै किसिमको सुविधा नभएका कारण पानीमै तरेर जानुपर्ने बाध्यता देखिएको छ ।  

  

 लामो समयदेखि कुनोली जोड्ने बजार जानका लागि पुल नभएको विषयमा केन्द्रस्तरबाटै कूटनीतिज्ञ पहल गरी समस्याको समाधान खोजिनुपर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाको भनाइ छ । यहाँ पक्की पुल बनेपछि सप्तरीसहित अन्य जिल्लाको मानिसहरुलाई कुनोली बजारमा सरसमान किनमेल गर्न सजिलो हुने देखिएको छ  । 

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्