प्रदेशस्तरीय स्ववियु फुटसलमा कास्की–११ च्याम्पियन

नवलपुर | असार ९, २०८१

प्रदेशस्तरीय स्ववियु फुटसलमा कास्की–११ च्याम्पियन

पोखरा:    सेन्ट्रल जोन कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालिको आयोजनामासम्पन्न गण्डकी प्रदेशस्तरीय स्ववियु फुटसल प्रतियोगितामा कास्की –११ च्याम्पियन भएको छ । 

 

नवलपुरको कावासोती फुटसल जोनमा शनिबार भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा २-१ गोल अन्तरले पराजित गर्दै कास्की –११ च्याम्पियन भएको हो ।

 

च्याम्पियनबनेसँगै कास्कीले नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको तनहुँले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।

 

सो प्रतियोगिताबाट तनहँका सन्तबहादुर गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र उत्कृष्ट गोलरक्षकका रुपमा कास्कीका सुदिप सुनार पुरस्कृत भए । 

 

प्रतियोगितामा प्रदेशभरबाट कुल ७ टिमको सहभागिता रहेको थियो ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्