प्रदेशस्तरीय स्ववियु फुटसलमा कास्की–११ च्याम्पियन
नवलपुर | असार ९, २०८१
पोखरा: सेन्ट्रल जोन कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालिको आयोजनामासम्पन्न गण्डकी प्रदेशस्तरीय स्ववियु फुटसल प्रतियोगितामा कास्की –११ च्याम्पियन भएको छ ।
नवलपुरको कावासोती फुटसल जोनमा शनिबार भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा २-१ गोल अन्तरले पराजित गर्दै कास्की –११ च्याम्पियन भएको हो ।
च्याम्पियनबनेसँगै कास्कीले नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको तनहुँले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगिताबाट तनहँका सन्तबहादुर गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र उत्कृष्ट गोलरक्षकका रुपमा कास्कीका सुदिप सुनार पुरस्कृत भए ।
प्रतियोगितामा प्रदेशभरबाट कुल ७ टिमको सहभागिता रहेको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

