स्याङ्जालाई गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेटको उपाधि
कुशुम गोदार बनिन् 'प्लेयर अफ द सिरिज'
पाेखरा | असार १०, २०८१
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा स्याङ्जाले कास्कीलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जितेको स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५ रन जोड्यो । स्याङ्जाका कुशुम गोदारले ३१ बल ३१ रन, जोत्सीका मरासिनीले १८ बलमा १४ र सिमा केसीले ३६ बलमा २४ रनको योगदान दिए ।
बलिङतर्फ कास्कीका सुशिला दिमदुङ र पुर्णिमा गुरुङले समान २/२ विकेट र रचना चौधरी,चन्द्रमाया बराल र रिया तामाङले १/१ विकेट लिए ।
१ सय ६ रनको लक्ष्य पछ्याएको कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो । स्याङ्जाका आकृति तिवारी, सिमाना केसी र रञ्जना साउदले समान ३/३ विकेट लिए । यस्तै जोत्सीका मरासिनीले १ विकेट लिइन् । स्याङ्जा प्रतियोगिताभर अपराजित रह्यो ।

प्रतियोगितामा सर्वाधिक रन जोडेका स्याङ्जाका कुशुम गोदार सर्वोकृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याटर घोषित भइन् । उनले प्रतियोगिताभर ९७ रन बनाईन् । प्रतियोगितामा उत्कृष्ट बलर चन्द्रमाया बराल घोषित भईन । उनले प्रतियोगितामा ७ विकेट हात पारिन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीमा व्यवस्थापनमा असार ७ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
राउण्डरोविनको आधारमा सञ्चालन भएको खेलमा स्याङ्जा, कास्की, पर्वत र नवलपुरको सहभागिता रहेको थियो ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । ...
काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

