राजश्व छल्ने ठूला गिरोहमाथि निगरानी: महानिर्देशक अधिकारी
व्यवसायीलाई अनावश्यक दुःख नदिइयोस्: पोखरा उद्योग
पाेखरा | असार २२, २०७९
पोखरा: राजश्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजश्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।
१३ दिनअघि महानिर्देशकको पद सम्हालेका उनलाई संघले स्वागत गरेको थियो । सोही अवसरमा बोल्दै उनले ठूला कर छलीको घटनामा आँखा चिम्लेको आरोपबाट विभागलाई मुक्त गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।
‘म अब ग्राभिटीमा प्रहार गर्न चाहन्छु, बरु २ महिना ढिला होस्, राजश्व चुहावट हुने क्षेत्र पहिचान गरेर विभाग अगाडि बढ्दैछ, अधिकारीले भने, ‘हाम्रो दृष्टिमा ठूला भन्ने कोही छैनन् ।’
उनले राजश्व चुहावटको सबैभन्दा बढी जोखिम भन्सार क्षेत्र,निर्माण र सेवा क्षेत्रमा रहेको पनि बताए । उद्योगको हकमा राजश्व चुहावट कम रहेको र त्यसले उत्पाकत्व वृद्धिमा सघाएको उनको भनाइ थियो ।
राजश्व चुहावटमा नेपालको एउटा निश्चित वर्ग रहेको आशय व्यक्त गर्दै उनले भने, ‘बजार एउटा समूहको अवैधानिक कब्जामा अगाडि बढेको छ,यसलाई रोक्न सकिएन भने हिजो बाबुबाजेको पालादेखि व्यवसाय गर्दै आएकाहरु पलायन हुने खतरा बढेको छ ।’ उनले नयाँ व्यवसायीहरुको रातारात खडा भएको व्यापार साम्राज्यबारे पनि प्रश्न उठाए ।
राजश्व चुहावटसँगै अनौपचारिक अर्थतन्त्र नियन्त्रणमा विशेष ध्यान दिएको बताउँदै उनले विप्रेषण पनि अवैध क्षेत्रमा परिचालित भएको जिकिर गरे ।
उनले नेपालका ठूला व्यवसाय गर्ने ४ वटा फर्महरुमाथि विभागले अनुसन्धान थालेको र पोखरा क्षेत्रमा पनि २÷४ दिनमै विभागले देखिने गरी काम गर्ने उद्घोष गरे ।
यसअघि महानिर्देशकलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष पवनकुमार प्रजापतिले उजुरी र छड्के जाँचको नाममा व्यवसायीहरुको मान मर्दन नगर्न तथा व्यवसायीलाई सफाइको मौका दिन माग गरेका थिए ।
विभागले सुराकी दिनेलाई प्रोत्साहित गर्ने नीति गलत भएको बताउँदै उनले भने,‘ यसो गर्दा कोही रिस गर्ने व्यक्ति,आरिसे प्रतिस्पर्धी वा सुराकीबाट कमिसन पाउने लोभ पालेको व्यक्तिले छुस्स चुक्ले लगाउँदाको असर निजी क्षेत्रमाथि पर्न गएको छ । यो व्यवस्थामा पुनरावलोकन होस् ।’
पोखरा उद्योग वाणिज्य संघ अवैध व्यवसायको पक्षमा नभएको प्रष्ट पार्दै उनले अगाडि भने,‘ तर व्यवसायीमाथि आरोप लाग्दैमा ऊ अपराधी हुँदैन । उसले सफाइको मौका पाउँछ । अनुसन्धानको नाममा व्यवसायी पक्राउ गर्दा अपराधीको रुपमा प्रचार नगरियोस् ।’
उनले न्याय माग्न जाँदा पनि कर्मचारीलाई नै माथि पार्ने गरी निर्णय आएको गुनासो पनि गरेका थिए ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

