दुई विषय भन्दा बढी विषयमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने

काठमाडाैं | असार १५, २०८१

दुई विषय भन्दा बढी विषयमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने

काठमाडौं:     एसईई परीक्षामा दुई विषय भन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने भएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गर्दै दुइ विषयभन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने वातावरण बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिनुभएको हो ।


मन्त्रीको निर्देशनपछि बोर्डले लेटर ग्रेडिङ निर्देशिका संसोधनको प्रस्ताव तयार गरेर मन्त्री समक्ष पेश गर्ने मन्त्रालयका प्रवक्ता केशब दाहालले जानकारी दिनुभयो । मन्त्रीको निर्देशन अनुसार काम गर्नका लागि निर्देशिकामा संसोधन आवश्यक रहेकाले सो प्रकृया अघि बढाइने उहाँले जानकारी दिनुभयो । 


मौका परीक्षामा सहभागी हुने विद्यार्थीलाई तयारीका लागि शिक्षण कार्यको व्यवस्थापन सम्बन्धित विद्यालयले गर्नेगरी आवश्यक व्यवस्था गर्न पनि मन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको मन्त्रालयले जानकारी दिएको छ ।


लेटर ग्रेडिङ निर्देशिकामा दुइ विषयसम्ममा एनजी भएका विद्यार्थीले मौका परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेकोमा अब निर्देशका संसोधनपछि दुइ भन्दा बढी विषयमा एनजी भएका विद्यार्थीले पनि मौका परीक्षामा सहभागी हुन पाउने छन । मौका परीक्षा एक महिनाभित्र हुने गरी तोकिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीन जनाको नाम सिफारिस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्...

थप पढ्नुहोस्

काठमाडौं: संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्थामा गरिएको गडबडी छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन भएको छ । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमाल...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम (अपे्रन्टिशीप) कार्य...

थप पढ्नुहोस्