चितवनको होटलमा चिनियाँ नागरिक मृत फेला

चितवन | असार १६, २०८१

चितवनको होटलमा चिनियाँ नागरिक मृत फेला

चितवन:      चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् । बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् ।


यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्