डेंगु संक्रमण: टप १० मा तनहुँ, प्रदेशतर्फ गण्डकी तेस्रो स्थानमा (भिडियाेसहित)

समुदायनै अग्रसर नभए डेंगु रोक्न सकिदैन: डा. शर्मा

पाेखरा | असार २१, २०८१

डेंगु संक्रमण: टप १० मा तनहुँ, प्रदेशतर्फ गण्डकी तेस्रो स्थानमा  (भिडियाेसहित)

पोखरा:    गत वर्ष गण्डकी प्रदेशमा डेंगु संक्रमणबाट ७ जनाले ज्यान गुमाए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार तनहुँमामात्र डेंगु संक्रमणबाट ५ जनाले ज्यान गुमाएका थिए । 

 

पछिल्लो समय सातै प्रदेशमा डेंगु संक्रमणको ग्राफ  उकालो लागिरहेको छ ।

 

सात प्रदेशमध्ये बागमती प्रदेशमा संक्रमण दर बढी रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

 

बुधबारसम्मको तथ्याङ्क अनुसार देशभरमा तनहुँ जिल्ला टप टेनमा परेको छ । यस्तै प्रदेशमध्ये गण्डकी तेस्रो स्थानमा छ । 

 

केन्द्रीय तथ्याङ्क अनुसार बागमती प्रदेशमा ४ सय ८२, कोशीमा ३ सय ५०, गण्डकीमा २ सय १२, लुम्बिनीमा १ सय ७१, सुदूरपश्चिममा मधेश प्रदेशमा १ सय ५९, मधेशमा ३८ र कोशीमा २० जनामा डेंगुको संक्रमण देखिएको छ । तर अहिलेसम्म ४ जिल्ला (डोल्पा, हुम्ला, जुम्ला र मुस्ताङ) मा भने संक्रमण भेटिएको छैन । 

 

पछिल्लो समय डेंगीको संक्रमण दर बढ्दै गएपछि यसबारे सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्मासँग कुराकानी गरेका छौं ।
 

 

- के हो डेंगु ?

डेंगु एक प्रकारको सरुवा रोग हो । संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि डेंगु लाग्छ ।

 

यो रोग लागेपछि आँखा दुख्ने, ज्वरो आउने, जोर्नी दुख्ने, वान्ता वा वाकवाकी लाग्ने, सिरियस रक्तस्राव हुने  र आन्तरिक तथा बाह्य रक्तस्राव हुन सक्छ । खासगरी दाँतको गिजाबाट रगत आउन सक्छ । 

 

- कत्तिको खतरनाक छ डेंगु ? 

अहिले जुन संख्यामा डेंगु संक्रमण देखिएको छ, यसलाई खतरा छैन भनेर भन्न मिल्दैन । तर हामीले डेंगु रोगबारे सचेत भए खतरा होइन मैले भन्छु ।

 

गण्डकीमा गतवर्ष ७ जनाको मृत्यु भएको छ । समयमा नै डेंगुको उपचार नभए, व्यवस्थापन नभए, समयमा नै अस्पताल नगई लापरवाही गरे यसले ज्यान नै लिन पनि सक्छ । त्यसैले सचेत हुनु जरुरी छ । 

 

-कसरी लाग्छ डेंगु ? 

सबै लामखुट्टेले टोक्दैमा डेंगु लाग्दैन । एडिस जातिको (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट मात्र डेङ्ग लाग्छ । यसलाई हामीले अहिले बाघ मस्कुटोको नामले पनि चिन्छौं । खासगरी बिहान र बेलुकीको समयमा एक्टिभ हुन्छ । 

 

-डेंगु लागेपछि के गर्ने ? 

डेंगु संक्रमण भए ज्वरो आउन सक्छ । मैल अगाडि पनि भने, आँखा दुख्ने, ज्वरो आउने,  जोर्नी दुख्ने, वान्ता वा वाकवाकी लाग्ने, सिरियस रक्तस्राब हुने, आन्तरिक तथा बाह्य रक्तस्राव हुन सक्छ ।

 

यस्तो अवस्थामा हामीले डाक्टर (चिकित्सक)को सल्लाह लिनुपर्छ । डाक्टरको सल्लाहबिना दुखाई कम गर्ने औषधीहरु (बु्रफिन) खानुहुँदैन । हामीले खानै परे प्यारा सिटामोल चाँहि खान सक्छौं तर अन्य औषधीहरु डाक्टरको सल्लाहबिना खानु हुँदैन ।

डेंगु संक्रमण भएको संका लागे नजिकैको अस्पतालमा परामर्शसँगै उपचार गर्नुपर्छ । 

 

-डेंगुबाट कसरी बच्ने ? 

डेंगुबाट बच्न एक घर मात्र लागेर हुदैन । समुदाय नै डेंगु नियन्त्रणमा नलागे यसलाई रोक्न सकिदैन ।  समुदायले नै लामुखुट्टे बस्न सक्ने पानी जम्ने ठाउँ खाडल पुरिदिने, फालिदिने गर्नुपर्छ ।

 

व्यवहारिकतर्फ राति सुत्ने समयमा झुल टागेर सुत्ने, बिहान र बेलुका लामखुट्टेले टोक्ने जोखिम बढी हुने भएकाले लामो कपडा लगाएर मात्र हिडडुल गर्नुपर्छ । 

 

 


-गण्डकीमा डेंगुको अवस्था कस्तो छ ? 

पछिल्लो समय मध्यपहाडी क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्याङ्क अनुसार तनहुँ डेङ्गी संक्रमणको जोखिमको जिल्लामा १० जिल्ला भित्र परेको छ ।

 

तनहुँमा बुधबारसम्म ४९ जनामा संक्रमण देखिदा गण्डकी प्रदेशमा २ सय १२ जनामा डेंगु संक्रमण भेटिएको छ । 

मन्त्रालयको तथ्याङ्क अनुसार बुधबारसम्म डेङ्गी संक्रमण हुने गण्डकीको तनहुँमा ४९, कास्कीमा, ३०, नवलपुरमा २५, लमजुङमा २३, गोरखामा २२, म्याग्दी र स्याङ्जामा समान २१/२१ जनामा संक्रमण देखिएको छ । 
यस्तै पर्वत र बागलुङमा समान ९/९ जना, मनाङमा १ जनामा डेंगु संक्रमण देखिएको छ । 

 

-गण्डकी प्रदेशको ११ वटै जिल्लामा डेंगु संक्रमित छन् ? 

गण्डकीको मुस्ताङ बाहेक १० जिल्लामा डेंगु देखिएको छ । मुस्ताङ अहिलेसम्म निल छ ।

 

गण्डकीको ८५ वटा पालिकामध्ये ६५ जिल्लामा डेङ्गुको संक्रमण देखिएको छ । तर यो सरुवा रोग भएकाले कोही संक्रमण देखिएको मानिस मुस्ताङतिर गए देखिन सक्छ ।

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गर...

थप पढ्नुहोस्

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ...

थप पढ्नुहोस्