लगातारको बर्षाले बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास हुँदै

सिन्धुली | असार २२, २०८१

लगातारको बर्षाले बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास हुँदै

सिन्धुली:     लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका–२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।


उहाँका अनुसार मध्यपहाडी राजमार्गमा पनि पहिरो झरेर अवरुद्द भएको छ । मध्यपहाडी राजमार्गको गोलान्जर गा।पा।६ स्थित अक्करेभिर र फिकल गा।पा।२ स्थित सुनाम वेसिमामा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ ।


गएरातीदेखि परेको निरन्तर बर्षाका कारण राजमार्ग अबरुद्ध भएपछि पूर्वी पहाड तथा तराइका विभिन्न जिल्लाबाट काठमाडौं आवातजावत गर्ने सयौं सवारी बाटोमै अलपत्र परेका छन् ।


राजमार्गमा झरेको पहिरो पन्छाउने काम भैरहेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्