मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई विश्वासको मत प्राप्त
काठमाडाैं | असार २२, २०८१
काठमाडौं: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री सिंहले प्रदेश सभामा आज राख्नु भएको विश्वासको मत सम्वन्धीको प्रस्तावमा मतदान हुँदा सभामा उपस्थित बहुमत सदस्यहरुले उहाँलाई विश्वासको मत दिनु भएको हो ।
बैठकमा कूल १०१ सांसद उपस्थित हुनु भएको थियो । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गर्नु भयो भने विपक्षमा ३४ मत परेको हो ।
मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए । यो सँगै मधेशमा परिवर्तित समीकरणले पनि जनमत पार्टीका मुख्यमन्त्तीलाई अनुमोदन गरिदिएको छ ।
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...

