उपत्यका बाहिर पनि फैलियो हैजा
काठमाडाैं | असार २२, २०७९
काठमाडौँ: काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार हेटौँडा पनि हैजा पुष्टि भएको हो । त्यस्तै चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ ।
भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र हेटौँडाका हैजा सङ्क्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको इडीसीडीले जनाएको छ । हैजा सङ्क्रमणको मुख्य स्रोत पानी भएको दासले बताए । काठमाडौँ उपत्यकामा मात्रै १८ स्थानमा हैजा देखिएको छ । हैजा तथा झाडापखालाबाट बच्चाका लागि पानी उमालेर तथा क्लोरिन झोल राखेर शुद्धीकरण गरिएको पानी मात्रै पिउन डा।दासले आग्रह गरेका छन् । सडेगलेको बासी, झिँगा भन्केका नखान उनको आग्रह छ । खानेकुरालाई राम्रोसँग पकाएर फलफूलहरूलाई राम्रोसँग शुद्ध पानीले पखालेर खान उनको उनको सुझाव छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

