तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

काठमाडाैं | असार २३, २०८१

तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं:     नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।  


नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 


‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ’, बर्तौलाको भनाइ छ । त्यस्तै एमालेले एमालेले अल्पमतमा परेको सरकारले निर्णयहरू गरिरहेको भन्दै त्यस्ता निर्णयहरू रोक्न माग गरेको छ ।


 ‘सरकारलाई कुनैपनि निर्णय नगर्न सरकारलाई सचेत गराएको छ’, बर्तौलाको भनाइ छ ।  एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...

थप पढ्नुहोस्

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...

थप पढ्नुहोस्

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...

थप पढ्नुहोस्