जिरो किमीमा लागुऔषधसहित तेन्जिङ र सुशान्त पक्राउ
पाेखरा | असार २३, २०८१

पोखरा: पोखराको जिरोकिलोमिटरमा शंकास्पद अवस्थामा हिडिरहेका तेन्जिङ गुरुङ र सुशान्त परियारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
पोखरा–५ जिरोकिलोमिटरमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पोखरा–१७ छोरेपाटन बस्ने २८ वर्षीय तेन्जिङ गुरुङ र पोखरा–१ सिम्पानी बस्ने २६वर्षीय सुशान्त परियारलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले तेन्जिङको साथबाट नाइट्रोभ्याट १० लेखेको १ सय ४० चक्की र सुशान्तको साथबाट नाइट्रोभ्याट १० नै लेखेको ३० चक्की लागूऔषध फेला परेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...