गण्डकीमा विपद्: ११ दिनमा २२ को मृत्यु, २३ घाइते (कुन जिल्लामा कति?)
पाेखरा | असार २४, २०८१
पोखरा: गण्डकी प्रदेशको ७ जिल्लामा मनसुनजन्य विपद्मा परेर २२ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशको लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, स्याङ्जा र नवलपुरमा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको हो ।
एकजनाको भने चट्याङ लागेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले बताए ।
उनले पछिल्लो ११ दिनमा ७ जिल्लामा विपद्बाट २२ जनाको मृत्यु भएको जानकारी दिए । बाँकी ४ जिल्ला (मनाङ मुस्ताङ गोरखा म्याग्दी) मा भने मानवीय क्षति भएको छैन ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको तथ्याङ्क अनुसार मनसुनजन्य विपद्मा (बाढी, पहिरो, चट्याङ) परेरर २३ जना घाइते भएका छन् ।
यो पनि पढ्नुहोस
एसएसपी रेग्मीले लमजुङमा विपद्का घटनामा परेर ५ जनाको मृत्यु भएको बताए । उनका अनुसार गत असार १२ गते गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको थियो ।
लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरो जाँदा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ वर्षीय इच्छा गुरुङ र निश्मा गुरुङको मृत्यु भएको थियो ।
यस्तै लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनीमा पहिरोमा घर भत्किदा विकल सुनारको मृत्यु भएको थियो भने विमल सुनार घाइते भएका थिए । लमजुङको क्वहोलासोथार गाउँपालिका–३ बगुममा पहिरोमा पुरिएर भिमबहादुर घले घाइते भएका थिए ।
असार १२ गते नै लमजुङको बेशीशहर नगरपालिका–११ तीनपिल्ले र राईनास नगरपालिकामा चट्याङ लागेर चन्द्रमान श्रेष्ठ र रामचन्द्र अधिकारी घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ट उपरीक्षक रेग्मीले बताए ।
यस्तै असार १२ गते नै गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको थियो । कास्कीको पोखरा महानगपालिका–२७ मा पहिरोमा पुरिएर ३ वर्षीय बालक अनमोल सुनार र मादी गाउँपालिका–तितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको थियो । यस्तै पहिरोमा पुरिएर पोखरामा २७ वर्षीय रितु सुनार घाइते भएकी थिइन् ।
यस्तै पोखरा–२७ अघौं खोलाढोकमा पहिरोमा परी माया विक घाइते भएकी थिइन् ।
यस्तै असार २२ गते तनहुँको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारीको मृत्यु भयो । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव आइतबार मात्र फेला परेको थियो ।
ऋषिङ गाउँपालिकामा पनि पहिरोमा पुरिएर कृष्ण बहादुर पुलामीको मृत्यु भएयो । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पहिरोमा परी ९ जना घाइते भए । तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर २ जना घाइते भएको गण्डकी प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै बागलुङको गलकोट नगरपालिका र पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरोमा पुरिएर २÷२ जनाको मृत्यु भएको ।
स्याङ्जाको विरुवा गाउँपालिकामा पहिरोमा परी ५ जना घाइते भएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५ ज्यामिरेमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने, आधिखोला गाउँपालिका–२ उखुबारीमा पहिरोमा परी १ जना घाइते भएका छन् ।
यस्तै नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा चट्याङ लागेर दिलकुमारी थरुनीको मृत्यु भएको छ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...




