तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला
तनहुँ | असार २३, २०८१
तस्बिर: राजन उपाध्याय
दुलेगौडा: तनहुँको शुक्लागण्डकी ७ काउरेमा एक घर पहिराेमा पर्दा बेत्तपा भएका तीनै जनाकाे शव फेला परेकाे छ ।
७ का वडाध्यक्ष खड्कसिं थापा मगरका अनुसार अविरल वर्षाका कारण शनिवार दिउँसो हिरा नेपालीको घरको सामान सार्ने क्रममा ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका थिए ।
उनीहरूकाे शव फेला परेकाे वडाध्यक्ष थापामगरले बताए । उनका अनुसार पहिराे आएको देखेपछि भाग्ने क्रममा ५ घाइते भएका थिए ।
घाइते हुनेहरुमा ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिम्लिसिना, ३५ वर्षीय रवि घिमिरे र १८ वर्षीय रुप कुमार नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका थिए ।
उनीहरुको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका एसएसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

