जग्गा भाडा प्रकरणबारे पूर्वमेयर जिसी भन्छन्- 'पोखरेली जनताको अहित हुने निर्णय गरेको छैन'

कास्की | असार २२, २०७९

जग्गा भाडा प्रकरणबारे पूर्वमेयर जिसी भन्छन्- 'पोखरेली जनताको अहित हुने निर्णय गरेको छैन'

पोखरा:  पोखरा महानगरपालिकाका पूर्वमेयर मान बहादुर जिसीले पोखरा र पोखरेली जनताको हित विपरित कुनै पनि निर्णय र काम नगरेको बताएका छन् ।

 

उनले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै नगर उपत्यका विकासको ६३ रोपनी जग्गा ३ निजी कम्पनीलाई गुपचुप भाडामा दिएको बारेमा जवाफिदैं उनले जनताको हित विपरित कुनै निर्णय र काम नगरेको बताएका हुन् ।
 

 

पूर्वमेयर जिसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘पोखरा उपत्यका नगर विकास समितिको जग्गा भाडामा लगाइएको बारेमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । देशमा संघीय शासन प्रणाली लागु भएपछि पोखरा महानगर नै उपत्यका नगर विकास समितिको अध्यक्ष हुने प्रावधान अनुसार नै उक्त समितिको अध्यक्षको जिम्मेवारी सम्हालेको  यहाँहरुलाई अवगत नै छ । पोखरा महानगरको प्रमुख र समितिको अध्यक्ष हुदाँ पोखरा र पोखरेली जनताको अहित हुने गरि कुनै निर्णय र काम गरेको छैन । यो अवधिमा भएका कामहरुको पोखरेली जनताले मुल्याङकन गर्नुभएकै छ । र अब पनि गर्नुहुनेछ । 

 

पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको राष्ट्र बैंकचोकस्थित पर्यटक बसपार्कको जग्गा, गल्फ कोर्सको जग्गा र यातायात कार्यालय नजिकैको जग्गा सेटिङ मिलाएर भाडामा दिएको भन्ने आरोप निराधार छ । र कुनैपनि भ्रममा नपर्न पोखरेली जनतालाई आग्रह गर्दछु । पोखरा उपत्यका नगर विकास समितिको संस्थागत हितलाई नै ध्यानमा राखेर प्रचलित नियम कानून र विधि अनुसार नै जग्गा भाडामा लगाइएको हो । 

 

 

२०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आउनुभन्दा अगाडी ठाडो तोक आदेशमा समितिको जग्गा भाडामा लगाउने प्रवृतिको अन्त्य गर्दै प्रचलित कानूनको अधिनमा रहि प्रतिस्पर्धाका आधारमा जस्ले बढि भाडा दिन कबुल गर्छ उसैलाई नै सर्तसहितको नियममा टेकेर जग्गा भाडामा लगाइएको तथ्य जानकारी गराउँदछ । 

 

 

विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिका स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तिनवटा जग्गाको भाडापनि विगतमा कति थिए र अहिले कतिमा भाडामा लगाइएको हो ? सोको अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चारमाध्यमलाई विनम्रतापूर्वक आग्रह गर्दछु ।

 

विगतको गलत प्रवृतिलाई निरुत्साहित गर्दै जग्गाको प्रचलित मुल्य अुनसार प्राविधिक र प्रशासनिक टिमले तयार पारेको रिपोर्टलाई आधार मानेर नै कानून र विधिसम्वद जग्गा भाडामा लगाइएको पुनः स्मरण गराउँदछु ।

 

संस्थालाई हानी हुने  र व्यक्तिलाई लाभ पुग्ने गरि पूर्वाग्राही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको स्पष्ट पार्दै जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरि कानूनी रुपमा त्रुटी देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको जानकारी गराउँदै निवर्तमान अध्यक्षको हैसियतले पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’
 

 

पूर्वमेयरले पर्यटक बसपार्कको १८ रोपनीसँगै, पोखरा ९ मा पर्ने ५ रोपनी जमिन राइजिङ कन्स्ट्रक्सनलाई मासिक १ लाख ३५ हजार रुपैयाँ भाडामा दिएका थिए । त्यस्तै, वडा १७ स्थित गल्फ ट्रेनिङ सेन्टर रहेको ४० रोपनी जमिन एक्सन बिल्डर्स प्रालिलाई मासिक २ लाख ७२ हजार र बसपार्कलाई मासिक २ लाख ७५ हजार रुपैयाँ भाडामा दिए थिए । 

 

जसमध्ये गल्फ कोर्सलाई २५ र अन्य दुई कम्पनीलाई १० वर्षकालागि दिइएको हो । कुनैपनि जमिन भाडामा लगाउन मेयर एक्लैको निर्णय काफी नहुने भएपनि यस विषयमा उनले एकलौटी र मनोमानी निर्णय गरेका थिए । सबै निर्णयमा पूर्वमेयर जिसीकोे हस्ताक्षर रहेको छ ।
 

पोखरा:     प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ ।   प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...

थप पढ्नुहोस्

पोखरा:    कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् ।    विभिन्न बस्त...

थप पढ्नुहोस्

आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ।   नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

थप पढ्नुहोस्