प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जसपाको निर्णय
काठमाडाैं | असार २७, २०८१
काठमाडौं: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक वीरेन्द्रप्रसाद महतोले जानकारी दिए। उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट विभाजन भएर बनेको जसपाका प्रतिनिधि सभामा सात सांसद छन्।
प्रधानमन्त्री दाहालले असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)ले यसअघि नै विश्वासको मतको विपक्षमा मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेका छन्।
जसपाले नयाँ गठबन्धनलाई सघाउने भएको छ। आफ्नो पार्टीले कांग्रेस(एमाले लगायतको सहमति अनुसार बन्न लागेको नयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको जसपाका सांसद प्रदीप यादवले जानकारी दिए।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

