सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदभार ग्रहण
काठमाडाैं | असार ३१, २०८१
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान सञ्चारमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएका उहाँले दिउँसो मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
नेकपा (एमाले) का नेता पृथ्वी सुब्बा गुरुङ प्रतिनिधि सभा सदस्यतर्फ लमजुङबाट विजयी सांसद हुनुहुन्छ ।
उहाँले वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवप्रसाद गुरुङलाई हराउँदै विजयी हुनुभएको थियो ।
गुरुङले ३४ हजार ९८५ मत ल्याउनुहुँदा उहाँका प्रतिद्वन्द्वी गुरुङले ३१ हजार ७९१ मत ल्याउनुभएको थियो । उहाँ तीन हजार १९४ फराकिलो मतान्तरले विजयी हुनुभएको थियो ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तीन हजार १ सय ८८ मतको फराकिलो मतान्तरले देवप्रसाद गुरुङलाई हराउनुभएको हो ।
उहाँ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुनुहुन्छ । उहाँको जन्म २०१४ साल फागुन २ गते भएको हो। विद्यार्थी जीवनकालदेखि राजनीतिमा प्रवेश गर्नुभएका गुरुङ (२०३७–२०३८) सालमा भएको नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा दुई पटक हिरासतमा पर्नुभयो ।
२०३८ सालमा एमाले इलाका पार्टी संगठन कमिटीको तर्फबाट ज्याला वृद्धिका लागि किसान आन्दोलन, २०४५ सालमा नेकपा ९माले० द्वारा सञ्चालित पञ्चायत विरोधी संघर्ष, २०४७ सालमा भएको माले र नेपाली कांग्रेसको संयुक्त बहुदल प्रचार समितिको संयोजकका रुपमा आन्दोलनको नेतृत्व गर्नुभएको छ ।
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...
मनाङ: मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्...

