पोखरा महानगरको आगामी आर्थिक वर्षको बजेट पारित
पाेखरा | असार ३१, २०८१
पोखरा: पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ ।
१५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको हो । उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा रु.७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट पेस गर्नुभएको थियो।
बजेटको स्रोतमा सङ्घीय सरकारबाट अनुदान स्वरूप रु।४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकारबाट अनुदान रु।९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रु.१ अर्ब ५५ करोड ५१ लाख ४० हजार रहनेछ।
यस्तै सङ्घीय राजस्व बाँडफाँडबाट रु।३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु।९ करोड ७२ लाख २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ रहनेछ । यस्तै नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिइने महानगरले जनाएको छ ।
आगामी आ.वको बजेटमा महानगरले पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित, दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृखला सबलीकरण, बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन उत्सर्जन तथा कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ ।
यस्तै सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरण प्रति संवेदनशील र जिम्मेवार समाज निर्माण, नवउद्यम ९स्टार्टअप० प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा जोड दिएको छ ।
नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस भएका प्रस्तावहरू समेत सर्वसम्मतिले पास गरेको छ ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

