पोखरा महानगरको आगामी आर्थिक वर्षको बजेट पारित

पाेखरा | असार ३१, २०८१

पोखरा महानगरको आगामी आर्थिक वर्षको बजेट पारित

पोखरा:     पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष  २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ । 


१५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पास गरेको हो । उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा रु.७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार बराबरको बजेट पेस गर्नुभएको थियो। 


बजेटको स्रोतमा सङ्घीय सरकारबाट अनुदान स्वरूप रु।४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकारबाट अनुदान रु।९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट रु.१ अर्ब ५५ करोड ५१ लाख ४० हजार रहनेछ। 


यस्तै सङ्घीय राजस्व बाँडफाँडबाट रु।३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट रु।९ करोड ७२ लाख  २० हजार, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र राजश्व बाँडफाँडबाट ५४ लाख २४ हजार रुपैयाँ रहनेछ । यस्तै नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिइने महानगरले जनाएको छ । 


आगामी आ.वको बजेटमा महानगरले पर्यटन, कृषि, उद्योग तथा व्यापार, हरित, दिगो र विपद् उत्थानशील पूर्वाधार विकास, मूल्य श्रृखला सबलीकरण, बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन उत्सर्जन तथा कार्बन तटस्थतालाई प्राथमिकतामा राखेको छ । 


यस्तै सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरण प्रति संवेदनशील र जिम्मेवार समाज निर्माण, नवउद्यम ९स्टार्टअप० प्रवर्द्धन तथा स्वरोजगार सिर्जना र उद्यमशीलता विकास, स्वास्थ्य र उत्पादनशील जनशक्ति तयारका साथै वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सीमान्तकृत समुदायको आर्थिक सशक्तीकरणमा जोड दिएको छ ।


नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयक लगायत सभामा पेस भएका प्रस्तावहरू समेत सर्वसम्मतिले पास गरेको छ ।

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्