युनाइटेड किङ्स क्लबको रक्तदानमा ४६ युनिट संकलन
पाेखरा | साउन ६, २०८१
पोखरा: पोखराः सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४६ युनिट संकलन भएको छ ।
‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित शनिबार नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनले प्राकृतिक प्रकोप तथा विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएको बताए । ‘हामीले खेलकुदसँगै सामाजिक काममा पनि निरन्तर लागिरहेका छौं, उनले भने, ‘अहिले विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरेका हौं ।’
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उचित समयमा रक्तदानको आयोजना गरेको भन्दै किङ्स क्लबको प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

