युनाइटेड किङ्स क्लबको रक्तदानमा ४६ युनिट संकलन
पाेखरा | साउन ६, २०८१
पोखरा: पोखराः सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४६ युनिट संकलन भएको छ ।
‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित शनिबार नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिएको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनले प्राकृतिक प्रकोप तथा विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरिएको बताए । ‘हामीले खेलकुदसँगै सामाजिक काममा पनि निरन्तर लागिरहेका छौं, उनले भने, ‘अहिले विपद्को समयलाई मध्यनजर गर्दै रक्तदानको आयोजना गरेका हौं ।’
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उचित समयमा रक्तदानको आयोजना गरेको भन्दै किङ्स क्लबको प्रशंसा गरेका थिए ।
उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको थियो ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

