आजको मौसम: गण्डकी लगायतका प्रदेशमा वर्षा
पाेखरा | साउन ७, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
मनसुनी वायुको प्रभावका कारण अहिले देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने प्रक्षेपण छ।
महाशाखाले सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ।
सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न र बुझ्न आएको बताउनुभएको छ । आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्...
काठमाडौं: नेपाल साफ फुटसल च्याम्पियनसिपमा पुरुषतर्फ तेस्रो भएको छ । थाइल्यान्डको नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा सोमबार भएको खेलमा नेपालले भुटानलाई ४–१ गोलले हरायो । प्रतियोगिताको ...
पोखरा: पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान) को आयोजनामा पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम सोमबारदेखि पोखरामा सुरु भएको छ । नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजना भएको तालिम तीन दिनसम्म चल्...

