साउनको पहिलो सोमबार: केदारेश्वरमा भक्तजनको भीड (तस्बिरहरु)
पाेखरा | साउन ७, २०८१
पोखरा: आज साउनको पहिलो सोमबार ।
पोखरामा झण्डै साढे दुई दशकदेखि जारी बोलबम पदयात्रा बगरको शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिदैंछ ।
यतिबेला केदारेश्वरमा भक्तजनको भीड छ ।

केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामले हरेक वर्ष बोलबम पदयात्रासहित धार्मिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बोलबम पदयात्रा हुनेछ । बोलबम यात्रामा नौमती बाजासहित भजनकिर्तन, झाँकी प्रस्तुत गरिएको थियो ।
मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन किर्तनसमेत आयोजना हुने केदारेश्वर महादेवमणि सेवाश्रम समितिले जनाएको छ भने सन्ध्याकालिन समयमा विशेष पूजासहित आरतीसँगै शिवसाधना हुनेछ ।
थप तस्बिरहरु:-

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...













