मुस्ताङमा ‘हाइअल्टिच्युड’ भलिबल: ब्रदर युनाइटेड च्याम्पियन, हिमाल बने सर्बाेत्कृष्ट
मुस्ताङ | साउन १०, २०८१
मुस्ताङ: घरपझोङ गाउँपालिका—३ स्याङमा सम्पन्न खिल्हा मेला खुल्ला पर्वतीय ‘हाइअल्टिच्युड’ भलिबल प्रतियोगिता २०८१ मा ब्रदर युनाइटेड च्याम्पियन बनेको छ ।
स्याङको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर युनाइटेडले मुस्ताङ टाइगर समूलाई ३–० सहित सोझो सेटमा पराजित गर्दै ब्रदर युनाइटेड च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको युनाइटेडले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उक्त टोलीमा विभागीय टोलीका खेलाडीसमेत सम्मिलित थिए ।
यस्तै उपविजेता बनेको मुस्ताङ टाइगरले नगद रु ८५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्याे ।
कुल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउट चरणमा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताबाट ब्रदर युनाइटेडका हिमाल सुनारीमगर सर्वोउत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु १० हजार र ट्रफीसहित पुरस्कृत भए । सनारीमगर गण्डकी प्रदेशको क्विक स्पाइकर हुन् ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

