मुस्ताङमा ‘हाइअल्टिच्युड’ भलिबल: ब्रदर युनाइटेड च्याम्पियन, हिमाल बने सर्बाेत्कृष्ट
मुस्ताङ | साउन १०, २०८१
मुस्ताङ: घरपझोङ गाउँपालिका—३ स्याङमा सम्पन्न खिल्हा मेला खुल्ला पर्वतीय ‘हाइअल्टिच्युड’ भलिबल प्रतियोगिता २०८१ मा ब्रदर युनाइटेड च्याम्पियन बनेको छ ।
स्याङको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर युनाइटेडले मुस्ताङ टाइगर समूलाई ३–० सहित सोझो सेटमा पराजित गर्दै ब्रदर युनाइटेड च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको युनाइटेडले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उक्त टोलीमा विभागीय टोलीका खेलाडीसमेत सम्मिलित थिए ।
यस्तै उपविजेता बनेको मुस्ताङ टाइगरले नगद रु ८५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्याे ।
कुल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउट चरणमा प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगिताबाट ब्रदर युनाइटेडका हिमाल सुनारीमगर सर्वोउत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु १० हजार र ट्रफीसहित पुरस्कृत भए । सनारीमगर गण्डकी प्रदेशको क्विक स्पाइकर हुन् ।

पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

