पोखरा-३३ शिववस्तीमा महायज्ञ हुने
पाेखरा | साउन १०, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा यही साउन १४ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव हुने भएको छ ।
महायज्ञबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ महायज्ञ गर्न लागिएको शुक्लेश्वरधाम क्षेत्र विकास संस्था, शिववस्तीका अध्यक्ष पदमराज पौडेलले जानकारी दिनुुभयो ।
कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने उहाँले बताउनुुभयो ।
महायज्ञका क्रममा श्रीमद्भागवत सतचण्डी, बेदपाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, ग्रहशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन सहित पितृको फोटो राखी पितृ तर्पण तुलादान, विवाह, ब्रतबन्ध, गुन्युुचोली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धी सम्पूर्ण कार्य सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महायज्ञलाई भव्य र सभ्य बनाउन पदमराज पौडेलको संयोजकत्वमा १५१ सदस्यीय मूल समारोह समिति एवम् ३१ सदस्यीय सल्लाहकार समिति तथा १० वटा उपसमिति गठन गरिएको प्रचारप्रसार उपसमितिका संयोजक दिनेश आचार्यले जानकारी दिनुुभयो ।
उहाँका अनुसार अन्य उपसमितिका संयोजकहरू मध्ये अर्थ संकलनमा खगेश्वर आचार्य, प्रचारप्रसारमा दिनेश आचार्य, मञ्च व्यवस्थापनमा तिलबहादुर विक, कलश यात्रामा चन्द्र कुमारी आचार्य चापागाइँ, प्रसाद व्यवस्थापन र अतिथि सत्कारमा सम्पूर्ण आमा समूह, यातायातमा जीवन पौडेल, सरसफाई तथा खानेपानीमा मथुरा भण्डारी, स्वयम् सेवक परिचालनमा कुुष्माखर भण्डारी, प्राथमिक उपचारमा प्रकाश पौडेल रहनुुभएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुुगेको उहाँले बताउनुुभयो ।
स्थानीय समाजसेवीका अजुुसार ऐतिहासिक महत्व र गरिमा बोकेको शुक्लेश्वर धामस्थित शिव मन्दिर २०१४ सालमा स्थापना भएको हो । मन्दिर बनेकै वर्ष बाढीका कारण भत्किएपछि हाल रहेको मन्दिर २०१५ सालमा स्थापना गरिएको हो । सामाजिक एवम् बौद्धिक व्यक्तित्व साविक भोटे पोखरी ९ (हाल पोखरा ३३ सिस्ने) का स्व.टीकारम पौडेलले स्थापना गर्नुुभएको हो ।
तत्काली समयमा नै मन्दिरको दैनिक पूजाआजा सञ्चालनका लागि स्व.होमनाथ पाध्यालाई जिम्मा दिनुुभएको र हालसम्म उहाँकै परिवारबाट पूजाआजा हुँदै आएको छ । उक्त कार्यका लागि गुठी समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । स्व.टीकारम पौडेलले यसै स्थानमा रहेको सरस्वती मा.वि.लाई २० लाख ६८ हजार रुपैयाँ दान दिएर उहाँकै नामबाट सरस्वती टीका मा.वि. र सरस्वती टीका बहुुमुखी क्याम्पस सञ्चालन हुँदै आएको छ ।
महायज्ञको शुुभकामना व्यक्त गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले वडा भित्रका सम्पूर्ण संघ संस्था तथा सामाजिक व्यक्तित्वलाई महायज्ञ सफल बनाउन साथ र सहयोगका लागि आग्रह गर्नुुभयो ।
समितिका अध्यक्ष पदमराज पौडेलको सभापतित्व एवम् सचिव खगेश्वर आचार्यले सञ्चालन गर्नुुभएको कार्यक्रममा समाजसेवी एवम् राजनीतिक व्यक्तित्वहरू पिताम्बर पौडेल, तिलकप्रसाद अधिकारी, श्रीभद्र बराल लगायतले विभिन्न शुुभकामना तथा सुुझाव व्यक्त गर्नुुभएको थियो ।
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

