गण्डकी सरकारलाई यातायात व्यवसायीको २ दिने अल्टिमेटम

माग पूरा नगरे गाडी घर-ग्यारेजमा थन्काउने चेतावनी

पाेखरा | साउन १०, २०८१

गण्डकी सरकारलाई यातायात व्यवसायीको २ दिने अल्टिमेटम

पोखरा:   गण्डकी प्रदेश सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी कार्यविधि बनाउन लागेको भन्दै २ दिने अल्टिमेटम दिएको छ ।

महासंघले पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरु ४८ घण्टामा पूरा नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए । 

 

उनले प्रदेश सरकारलाई ७ बुँदे माग राखेको बताउदै तत्काल सरकारले आफुहरुको माग सम्बोधन नगरे यही १३ गतेदेखि आन्दोलमा उत्रने बताए ।

 

निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।

 

यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

 

आफ्ना मागहरु तत्काल सम्बोधन नभए यही १३ गतेदेखि सवारी साधन घर तथा ग्यारेजमा राखी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीको अडान छ ।

ढोरपाटन:  सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा निहुरो र अम्रिसोखेती गरिएको छ । वडा कार्यालय र स्थानीयले तीनवटा सामुदायिक वनमा झाडी फाँडेर करिब ३०० रोपनी क्षेत्र...

थप पढ्नुहोस्

काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलङ्का विरुद्धको खेलमा नेपालले फराकिलो गोल अन्तरसहित जित निकालेको छ। नेपालले श्रीलंकालाई ८–० गोल अन्तरले पराजित गरेको हो । मध्यान्तर...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठन...

थप पढ्नुहोस्