शनिबार नयाँदिल्ली उड्दै गण्डकीका मुख्यमन्त्री पाण्डे
विन्दु थापालाई कार्यवहाकको जिम्मेवारी
पाेखरा | साउन ११, २०८१
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शनिबार भारतको नयाँदिल्ली उड्ने भएका छन् ।
मुख्यमन्त्री पाण्डेको सचिवालयका अनुसार घुँडाको उपचारका लागि भारतको नयाँदिल्ली जान लागेका हुन् ।
पाण्डे लामोसमयदेखि घुँडासम्बन्धी समस्याबाट ग्रसित थिए । मुख्यमन्त्री पाण्डे उपचारपछि ४ दिनमा नेपाल फर्किनेछन् ।
पाण्डे भारत जाने भएपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

