होसमा आछैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री

काठमाडाैं | असार २४, २०७९

होसमा आछैनन् गोली लागेका जापानी पूर्वप्रधानमन्त्री

एजेन्सी:   चुनावी अभियानका क्रममा गोली प्रहार भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे केही घन्टाको उपचारपछि पनि होसमा आउन सकेका छैनन्।

 

 

जापानी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले आबेले सास फेर्न नसकेको र उनको मुटु रोकिएको उल्लेख गरेको छ।

 

 

जापानका प्रधानमन्त्री फुमिओ कासिदाले समाचार संस्था रोयटर्ससँग भनेका छन्- यो पाशविक र विद्वेषपूर्ण घटना हो र यो क्षम्य हुने छैन। हामीले गर्न सक्ने जति हामी सबै गर्नेछौं। अहिले डाक्टरहरू आबेको ज्यान बचाउन निकै मेहनत गरिरहेका छन्।

 

आबेमाथि शुक्रबार बिहान पश्चिमी सहर नारामा आइतबार हुने माथिल्लो सदनको चुनावी प्रचारको एउटा कार्यक्रममा सम्बोधन गरिरहेका बेला पछाडिबाट गोली हानिएको थियो।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्