पत्रकारलाई कुटेपछि यातायात व्यवसायी महासंघले भन्यो: सांघातिक हमला गर्नेलाई कारवाही गरियोस्

पाेखरा | साउन १३, २०८१

पत्रकारलाई कुटेपछि यातायात व्यवसायी महासंघले भन्यो: सांघातिक हमला गर्नेलाई कारवाही गरियोस्

पोखरा:  राइड सेयरिङलाई गण्डकी सरकारले वैधनिकता दिन लागेको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समिति आजदेखि आन्दोलनमा छ ।

 

सोही घटनाको स्थलगत रिपोर्टिङमा जादैगर्दा ग २० प ३९७३ को स्कुटरमा सवार पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै पृथ्वीचोकमा सांघतिक हमला भयो ।

 

उक्त घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले दुख व्यक्त गर्दै सांघातिक हमलामा उत्रने जो कोहीलाई कारवाही दायरामा ल्याउन माग गरेको छ ।

 

महासंघका प्रदेश सचिव योगेन्द्र बहादुर केसीले व्यवसायीहरु शान्तिपूर्ण आन्दोलनमा रहेकाले आपराधिक क्रियाकलाप गर्ने कसैलाई महासंघले बचाउ नगर्ने बताए । 

 

‘हामीले आजदेखि शान्तिपूर्ण आन्दोदन सुरु गरेका छौं । पहिलो चरणमा हाम्रा गाडीहरु घर तथा ग्यारेजमा राखेर शान्तिपूर्ण तथा सन्देशमूलक आन्दोलन गरेका हौ, ‘उनले सुनगाभा न्यूजसँग भने, ‘यस क्रममा दुई जना पत्रकारमाथि कुटपिट भएको घटनामा हामी दुखि छौं । यो गैरकानूनी काम भयो । त्यसैले हामीले पहिल्यै आरपाधिक क्रियाकलाप नगर्न निर्देशन दिएका थियौं । त्यसैले कुटपिटमा संलग्नलाई हामीले बचाउ गर्ने भन्ने छैन । कानूनी कारवाही होस् भन्ने कुरामा प्रष्ट छौं ।’

 

उनले उक्त घटनापछि भीडलाई कम गर्नका लागि कोण सभा गर्दै आपराधिक क्रियाकलापमा संलग्नको पक्षमा महासंघ नगरेको घोषणा गरेको थियो । त्यसपछि अहिले सार्वजनिक सवारी साधानको चालक तथा सहचालकहरु सडकबाट किनार लागेका छन् ।

 

अहिलेसम्म उक्त घटनामा संलग्नमध्ये २ जनालाई कास्की प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।

 

सांघातिक हमलापछि  कारवाहीको माग 

 

रिपोर्टिङको क्रममा रहेका पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै सांघातिक हमला गरेको प्रति खेद प्रकट गर्दै विभिन्न संस्थाले कारवाहीको माग गरेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज), नेपाल पत्रकार महासंघ गण्डकी, नेपाल पत्रकार महासंघ कास्की, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, नेपाल मगर पत्रकार संघ लगायतले प्रेस विज्ञप्ती जारी गर्दै सांघातिक हमलामा संलग्न जो कोहीलाई कानूनी कारवाही गर्नुपर्ने उल्लेख गरेको छ ।

कुटिएका पत्रकार सुरज थापा नेपाल आदिवासी जनजाति पत्रकार महासँघ (फोनिज) का कार्यसमिति सदस्य र नेपाल मगर पत्रकार संघ कास्कीका उपाध्यक्ष हुन् भने विनु थापा नेपाल मगर पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । विनु हाल पोखरा टेलिभिजनमा कार्यरत छिन् ।

 

यस्तो छ, यातायात व्यवसायीको माग

 

निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।

 

यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

 

 


 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्