स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो

पाेखरा | साउन १४, २०८१

स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो

पोखरा:   स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या २ पुगेको छ । उपचारको क्रममा एक बालकको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा अन्दाजी ५ वर्षका प्रिन्स बिक रहेका छन् । 

 

गण्डकी मेडिकल कलेजमा उनलाई १०: ४५ बजे चिकित्सकले मृत घोष्णा गरेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

 

उनका अनुसार यसअघि करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रिन्स र आरती आमाछोरा भएको बताइएको छ ।

यो पनि पढ्नुहोस

 

अन्य घाइतेहरुको भने अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ ।

 

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए ।

 

कास्की प्रहरीले घाइतेको तथ्याङ्क दिने क्रममा प्रारम्भिक चरणमा २२ जना सवार रहेको भनिएपनि यो समाचार तयार पार्दासमेत ३० जना सवार रहेको जनाएको छ ।


 

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...

थप पढ्नुहोस्

मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

थप पढ्नुहोस्

तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

थप पढ्नुहोस्