ढिकुरपोखरीमा तीज विशेष आमन्त्रित फुटबल, उपाधि राशी ३ लाख
कास्की | साउन १६, २०८१
कास्की: ढिकुरपोखरी युवा सञ्जालको आयोजनामा अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीमा ४३ औं संस्करणको तीज मेला हुने भएको छ ।
भदौं १८ देखि २२ गतेसम्म सञ्चालन हुने मेलामा मुख्य आकर्षणका रुपमा पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको सञ्जालका अध्यक्ष विरेन्द्र गुरुङले जानकारी दिए ।
उनका अनुसार आमन्त्रित नक आउट फुटल प्रतियोगिता– २०८१ को विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ३ लाख १ हजार ३ सय रुपैया प्राप्त गर्नेछ ।
यस्तै उपविजेता टोलीलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ७१ हजार १ सय प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।
गत वर्ष केआइइसी बुकले फुटबलको उपाधि जितेको थियो ।
प्रतियोगिता अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीस्थित माछापुच्छ्रे विद्यालयको खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

